विजय उत्सवको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

विजय उत्सवको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

चौरजहारी अस्पताल ।

सल्यानमा विजयी उत्सव मनाउन जाने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भकएको छ । १० जना बढी घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो ।

गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा ठोक्किएर करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आएको छैन् । रागेचौर प्रहरीकाअनुसार छतमा बसेकाहरूले विद्युतको तारले छुँदा घटना भएको हो ।

करेन्ट लागेर घाईते भएका १५ जनालाई उपचारको लागि रुकुम पश्चिमको चौरजहारी अस्पतालमा ल्याईएको छ । अस्पतालका अनुसार घाईतेमध्य पाँच जनाको अवस्था गम्भिर रहेको छ । मृतक दुवै जनाको शव चौरजहारी अस्पतालमा राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार