बाँफिकोटमा काँग्रेसका जेके बाँठाले लिए २३५ मतको अग्रता

बाँफिकोटमा काँग्रेसका जेके बाँठाले लिए २३५ मतको अग्रता

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जनक कुमार बाँठामगरले २३५ मतको अग्रता बनाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार बाँठाले ३४३० मत पाउनु भएको छन् भने ३१९५ मतका साथ उहाँलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले पछ्याइरहनु भएको छ।

उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार तार बुढा केसीले ३३०४ मत प्राप्त गर्दा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी नन्दाकुमारी केसीले ३१७५ मत पाउनु भएको छ ।

समाचार तयार गर्दासम्म बाँफिकोट गाउँपालिकामा १,२,३,४,५,८,९ र १० वडाको मतगणना सम्पन्न भएको छ ।

जसमा नेपाली काँग्रेसले २ र ५ नम्बर वडा जितेको छ भने नेकपा माओवादी केन्द्रले १,३,४,८,९ र १० वडामा जित हासिल गरेको छ ।

अहिले केहि बेरमा ६ र ७ नम्बर वडाको मत गणना गरिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार