बाँफिकोट अध्यक्षमा कांग्रेसका जेके र उपाध्यक्षमा माओवादीकी तारा विजयी

बाँफिकोट अध्यक्षमा कांग्रेसका जेके र उपाध्यक्षमा माओवादीकी तारा विजयी

मुसिकोट । नेकपा माओवादी केन्द्रको गढ मानिएको रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जनक कुमार बाँठामगर (जेके) विजयी हुनुभएको छ ।

कांग्रेसका बाँठाले ४४५५ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय बाँफिकोटमा निर्वाचन अधिकृत कृत बहादुर बोहराले जानकारी दिनुभयो ।

बाँठा नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका सभापति हुनुहुन्छ । बाँठाले माओवादी केन्द्रका चन्द्र बहादुर केसीलाई ३१ मतान्तरले पराजित गर्नुभएको हो। चन्द्र बहादुरले ४४२४ पाउनु भएको छ । केसी माओवादी केन्द्र बाँफिकोटको अध्यक्ष हुनुहुन्छ ।

उपाध्यक्षमा भने माओवादी केन्द्रकी तारा बुढा केसी विजयी हुनुभएको छ । उहाँले ४५६० मत प्राप्त गर्नुभएको छ उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी भद्रा कुमारी शाहीले ४१६० मत ल्याउनु भएको छ ।

१० वडा रहेको बाँफिकोटमा ८ वडा माओवादी केन्द्रले जितेको छ भने २ वडा एमाले कांग्रेस गठबन्धनका कांग्रेस उम्मेदवारले जितेका छन् । ०७४ मा नेपाली कांग्रेसले एक वटा वडा पनि जितेको थिएन । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित सबै वडा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार