जिसस रुकुम पश्चिमको प्रमुखमा लुम्बिनी र उपप्रमुख देवबहादुर विजयी

जिसस रुकुम पश्चिमको प्रमुखमा लुम्बिनी र उपप्रमुख देवबहादुर विजयी

मुसिकोट । जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख, उपप्रमुख र सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रमुखमा नेकपा माओवादी केन्द्रकी लुम्बिनी गौतम र उपप्रमुखमा माओवादीकै देवबहादुर कामी निर्विरोध निर्वाचित हुनुभएको छ ।

अन्य दलको उम्मेदवारी नपरेपछि नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिृकृतको कार्यालयले आज औपचारिक रुपमा घोषणा गरेको हो ।

समन्वय प्रमुखमा निर्वाचित गौतम जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर १० बाट  वडा सदस्य र उपप्रमुखमा निर्वाचित कामी सानीभेरी गाउँपालिका वडा नम्बर ३ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यस्तै ७ सदस्यमा पनि माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्यमा देउभान ओली, कृष्णबहादुर यरी, रामकुमार गौतम, मीना विक, गीताकुमारी केसी, शारदा दमाई, र गीता नेपाली निर्वाचित हुनुभएको हो ।

नव निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुले आजै सपथ ग्रहण गरेका छन । समन्वय प्रमुख गौतमले मूख्य निर्वाचन अधिकृत समक्ष र उप प्रमुख सहित अन्य सदस्यहरुले प्रमुख गौतम समक्ष सपथ ग्रहण गरेका हुन ।

पद तथा गोपनियताको सपथ ग्रहण पश्चात समन्वय प्रमुख लुम्बिनी गौतमले आजै पदभार ग्रहण गर्नुभएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार