स्वास्थ्य राज्यमन्त्री वलीमाथि सरकारले छानविन गर्छः मन्त्री थारु

स्वास्थ्य राज्यमन्त्री वलीमाथि सरकारले छानविन गर्छः मन्त्री थारु

लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीमाथि नेकपा माओवादी केन्द्र संसदीय दलले छानविन अघि बढाउने भएको छ।

स्वस्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री ईन्द्रजीत थारुले राज्यमन्त्री वलीमाथि छानविन हुने बताएका हुन्।

‘उहाँको बारेमा छानविन हुन्छ। सरकार र संसदीय दलले छानविन गर्छ,’ उनले भने,‘छानविन त गर्नै परिहाल्यो नी।’

मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यमन्त्री वलीलाई बुटवल पठाउन प्रहरीलाई निर्देशन दिएको बुझिएको छ। मुख्यमन्त्रीको निर्देशनपछि वलीलाई बुटवल पठाउने तयारी भइरहेको छ।

तुलसीपुर उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको आरोप लागेको छ।

प्रहरीले राज्यमन्त्री वलीलाई एकराज बस्नेतको घरबाट नियन्त्रणमा लिएको थियो। पीडित पक्षले राज्यमन्त्रीलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार