आजदेखि मतदाता नामावली संकलन गरिने

आजदेखि मतदाता नामावली संकलन गरिने

प्रदेश र संघीय चुनावलाई लक्षित गर्दै निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने छ ।

त्यस्तै अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने बताइएको छ ।

आयोगका अनुसार मतदाता नामावलीमा दर्ता गराउनुका साथै यो समयमा मतदाता नामावाली विवरणमा भएका त्रुटि सच्याउन, मृत्यु भएकाहरुको नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न र दोहोरो परेको नाम हटाउन सकिनेछ।

माघ २५ गते स्थानीय तह निर्वाचन, २०७९ को मिति घोषणा भएपछि मतदाता नामावली संकलन तथा अद्यावधिक स्थागित गरिएको थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार