मुसीकोट नगर कार्यपालिकाको दोस्रो वैठक सम्पन्न, प्रवक्तामा समिरजंग मल्ल

मुसीकोट नगर कार्यपालिकाको दोस्रो वैठक सम्पन्न, प्रवक्तामा समिरजंग मल्ल

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगर कार्यपालिकाको दोस्रो वैठक सम्पन्न भएको छ । शुक्रबार नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको नगर कार्यपालिकाको बैठकबाट प्रवक्तामा समिरजंग मल्ल चयन हुनु भएको छ । प्रवक्तामा चयन हुनुभएका मल्ल वडा नम्बर ५ को वडा अध्यक्ष हुनुहुन्छ ।

बैठकले विभिन्न विषयगत समिति गठन गरेको हो । सामाजिक विकास समितिको संयोजकमा एक्कबहादुर पाण्डे, आर्थिक विकास समितिको संयोजकमा खलबहादुर खड्का, वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजक शशिराम पुन, सुशासन तथा क्षमता विकास समितिको संयोजकमा दलबहादुर परियार, पूर्वाधार विकास समितिको संयोजकमा दिनेश खड्का र विधायन समितिपूर्वाधार विकास समितिको संयोजकमा दिनेश खड्का र विधायन समिति संयोजकमा दशरथ केसी तोकिनुभएको छ ।

बैठकले असार १७ गते नगर सभा गर्ने निर्णय गरेको छ । बैठकले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटको तयारी गर्न विभिन्न विषयगत समिति र शाखाहरुलाई समिति र शाखाको तर्फबाट योजना तथा कार्यक्रम माग गर्ने निर्णय गरेको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।

बर्षातको समयमा नगर क्षेत्रका सडकहरुको नियमित आवागमन र सुचारु गर्नका लागि आवश्यक प्रबन्ध सहितको तयारी गर्ने, नगर क्षेत्रभित्रका सडकका नाली र बजार क्षेत्रको सरसफाईका लागि आवश्यक रकमको व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार