आठबिसकोटमा जिप दुर्घटना , दुई जनाको मृत्यु

आठबिसकोटमा जिप दुर्घटना , दुई जनाको मृत्यु

मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ छोटेटारमा जिप दुर्घटना भएको छ ।

शनिबार बेलुका जाजरकोट रिम्नाबाट रुकुम पश्चिमको आठबिसकोटको राडीबजार तर्फ आउँदै  गरेको लु १ ज १८९७ नम्बर जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परि गम्भीर घाईत भएका जिप चालक र सहचालकको आठविसकोट नगर अस्पतलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी बिष्णु प्रसाद सोती जानकारी दिनुभयो ।  उनिहरुलाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको थियो

डिएसपी सोतीका अनुसार मृत्यु हुनेमा जिप चालक बाँफिकोट गाउँपालिका वडा नम्बर  ८ दुलिका कबिराम बिक र सहचालक (नाम खुल्न नसकेकाे) रहेका छन् ।

जिपमा दुई जना मात्र सवार रहेको खुलेको छ । जिप सडकदेखि करिब दुई सय मिटर तल भेरी नदीको किनार पुगेको छ । जिप दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार