रुकुम पश्चिममा ११ हजार बढि नागरिकता वितरण

रुकुम पश्चिममा ११ हजार बढि नागरिकता वितरण

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आर्थिक वर्ष ०७८/०७९ मा ११ हजार बढी नागरिकता वितरण गरेको छ ।

कार्यालयको अनुसार ७ हजार १४१ वटा नयाँ र ४ हजार ३६० वटा प्रतिलिपी सहित ११ हजार ५०१ वटा नागरिकता जारी गरिएको छ ।

गत वर्ष चार जनाको नागरिकता रद्ध गरिएको छ भने १९३ जना नावालकको परिचयपत्र जारी गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे जानकारी दिनुभयो ।

त्यसैगरी प्रशासन कार्यालयले ६०६ जनालाई राहदानीको लागि सिफारिस गरेको जनाएको छ भने दुई हजार ७६५ जनालाई राहदानीको लागि द्रुत सिफारिस उपलब्ध गराईएको छ । यस वर्ष ५२२ जनाले जिल्लाबाट ई पासपोर्ट लिएका छन् ।

जिल्लामा गत वर्ष ६९ हजार २२४ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको बताउनुभयो । प्रशासन कार्यालयबाट चार हजार ७४० जना पुरुष र एक हजार ८७५ जना महिलाको विवरण दर्ता गरिएको हो ।

त्यसैगरी विवरण दर्ता अभियान सञ्चालन गरेर ६२ हजार ६०९ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार