आठबीसकोटका ३९ घर पहिरोको उच्च जोखिममा

आठबीसकोटका ३९ घर पहिरोको उच्च जोखिममा

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ७ र ८ का ३९ घर पहिरोको उच्च जोखिममा रहेका छन । लगातारको बर्षाको कारण वडा नम्वर ७ गाराका ३५ घर र वडा नम्वर ८ स्यालाका ४ घर पहिरोको उच्च जोखिममा रहेका हुन् ।

वडा नम्वर ७ का वडा अध्यक्ष अमृत बुढाका अनुसार मंगलबार दिनभर पहिरोलाई हटाउनर र थप क्षति हुन नदिन प्रयास भईरहेको छ । गाउँका ३९ वटै घर खाली गरिएको समेत उहाँले जानकारी दिनुभयो । सर्वसाधारण, पशुचौपाया र अन्नपात जोगाएर आफन्तको घरमा बस्ने व्यवस्था मिलाईएको वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

मंगलबार बिहानबाट आउन थालेको पहिरो नरोकिएपछि नेपाल प्रहरीको सहयोगमा जेसिबी सहितका मेसिन प्रयोग गरेर पहिरो पन्छाइएको उहाँले जानकारी दिनुभयो ।

वडा अध्यक्ष बुढाले राडिज्युला -दाँजे- खदि -वारिंगे सडकखण्डबाट निस्केको माटो र ढुंगाको कारण राडिज्युला – गारा – सिम्तारा बस्तीको सिचाई नहर भत्किएकोले गाउँमा पहिरो आएको हो । पहिरोको कारण वडामा रहेका चार वटा पानी घट्ट र बाटोमा रहेका घुम्ती पसल परिएको उहाँले जानकारी दिनुभयो । कतिपय घरका शौचालयहरु समेत पुरिएको बताईएको छ । क्षतिको पूर्ण विवरण भने संकलन हुन नसकेको उहाँले बताउनुभयो ।

पहिरोले वडा नम्वर ७ को गारामा लगाइएको धान, मकै खेती र वडा नम्बर ८ को स्यालामा मकै बारी समेत बगाएको छ । सोमबार साझदेखि निरन्तर परेको पानीले मकै लगाएको बारी सहित वडा नम्वर ८ स्यालाका चार वटा घर पनि पहिरोको उच्च जोखिममा परेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार