परिवारका सदस्य आएपछि धादिङका कोरोना नेगेटिभ युवाको आजै डिस्चार्ज

परिवारका सदस्य आएपछि धादिङका कोरोना नेगेटिभ युवाको आजै डिस्चार्ज

बैशाख १० काठमाडौ
कोरोना भाइरसबाट संक्रमित धादिङका ३२ वर्षका उर बहादुर तामाङ निको भएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार उनको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।

उनलाई डिस्चार्जका लागि धादिङस्थित उनको परिवारसँग सम्पर्क गरिएको र परिवारका सदस्य आउनेबित्तिकै आज या भोलिसम्म डिस्चार्ज गरिने बताएको छ । उनलाई कोरोना लक्षण नै नदेखिइ कोरोना भएको थियो।  युएईबाट काठमाडौं आएका ती युवक कोरोना देखिएपछि  चैत १२ गते टेकु अस्पतालमा भर्ना भएका थिए।

अब यस सँगै नेपालमा कोरोना लागेर निको हुनेको संख्या ६ पुगेको छ। अहिले ३६ जना कोरोना संक्रमित विभिन्‍न अस्पतालमा उपचाररत छन्। फोटो : दियो पोष्ट बाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार