सानीभेरी गाउँपालिकाले दुई सय मजदुरको उद्धार गर्दै उद्धार गरेका सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने

सानीभेरी गाउँपालिकाले दुई सय मजदुरको उद्धार गर्दै उद्धार गरेका सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने

बैशाख १० काठमाडौ
नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको संख्या दिनानुदिन बढिरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आफनो पालिका भन्दा बाहिरबाट आउनेलाई १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने भएको छ ।

लकडाउनको कारण रोजगारिको शिलशिलामा विभिन्न जिल्लामा रहेका मजदुरहरुलाई गाउँपालिकाको पहलमा उद्धार गरि उनीहरुलाई अनिवार्य रुपमा सम्बन्धीत वडाको क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको  छ ।

कोरोनाको संक्रमण हुन नदिन र नागरिकलाइ सुरक्षित राख्नका लागि जिल्ला बाहिरबाट आउनेलाइ क्वारेन्टाइनमा राख्ने निर्णय यस अघि गाउँपालिकाले गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भूपाल सिं विष्टले बताउनु भयो । क्वारेन्टाइन बसेकाहरुलाई क्वारेन्टाइन अवधिभर खान बस्नको व्यवस्था गरिएको छ । साथै क्वारेन्टाइनमा बसेकाहरुलाई ¥यापीड डाइग्नोष्टिक टेस्ट आरडीटी जाँच पनि गरिने अधिकृत विष्टले बताउनु भयो ।

यस्तै गाउँपालिकाले पाँच वटा रुट बनाएर २ सय १२ जना मजदुरहरुलाई ल्याउनको लागि आज साझ र भोली गाडी पठाउने तयारी गरेको छ । उनीहरुलाई गाउँपालिकाले निःशुल्क भाडामा ल्याउन लागेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार