आठबीसकोट १४ मा पहिरोले सामुदायीक भवन पुरिदा तीन आमाछोरी बेपत्ता

आठबीसकोट १४ मा पहिरोले सामुदायीक भवन पुरिदा तीन आमाछोरी बेपत्ता

सांकेतिक तस्बिर

मुसिकोट । आईतबार बिहान आएको पहिरोमा परेर रुकुम पश्चिममा तीन आमाछोरी बेपत्ता भएका छन् । अविरल वर्षाको कारण जिल्लाको आठबीसकोट नगरपालिका १४ को पिपलचौरमा आएको पहिरोमा परेर तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा जाजरकोट जिल्लाको भेरि नगरपालिका १ मैदैका ३० बर्षिया बालमती राना र उहाँका दुई छोरीहरु १२ बर्षिया तिर्सना राना र दुई बर्षिया प्रतिक्षा राना रहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो । उहाँका अनुसार उनीहरु पानी परेपछि ओत लाग्न भन्दै छेपारे सामुदायीक वनको भवनमा पुगेका थिए । भवन माथिबाट आएको पहिरोले घरसँगै बगाउँदा उनीहरु बेपत्ता भएका हुन् ।

जाजरकोटको नलगाड नगरपालिका १ माईतीघरबाट घर फर्कने क्रममा उनीहरु ओत लाग्न सामुदायीक भवनमा बसेका थिए ।

बेपत्ताहरुको उद्धारको लागि प्रहरी चौकी पुर्तिमकाँडा र इलाका प्रहरी कार्यालय आठबिसकोबाट प्रहरी टोली घटनास्थल पुगेको छ । प्रजिअ घिमिरेले पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको उद्धार कार्य जारी राखेको बताउनुभयो । घटनाको थप विवरण आउन बाँकि रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार