नगर प्रमुख केसीद्वारा पहिरो प्रभावित क्षेत्रको अनुगमन

नगर प्रमुख केसीद्वारा पहिरो प्रभावित क्षेत्रको अनुगमन

पहिरो प्रभावित क्षेत्रको अवलाेकन गर्दै नगर प्रमुख रवि केसी

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले नगर क्षेत्रका विभिन्न स्थानका पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको छ ।

सोमबार नगर प्रमुख केसीसहित नेपाल प्रहरी, नगरप्रहरी र जनप्रतिनिधीहरुले अनुगमन गरेका हुन् । आईतबारको अविरल वर्षाको कारण नगरपालिकाको वडा नम्बर १४ को पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवन पहिरोले बगाउदा दुई आमा छोरीको मृत्यु भएको थियो । पहिरोका कारण त्यस क्षेत्रका घरहरु, धानबारी, मकैबारीमा ठूलो क्षति पुगेको छ ।

जाजरकोट भेरि नगरपालिका वडा नम्बर १ मैदेकी ३० बर्षिया बालमती राना र उहाँकी दुई बर्षिया छोरी प्रतिक्षा रानाको मृत्यु भएको हो । पहिरोमा पुरिएकी १२ बर्षिया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको थियो ।

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ स्थित माईतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उनीहरु पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए । सोहि समयमा भवन माथीबाट आएको पहिरोमा परेर उनीहरु पुरिएका थिए।

यस्तै नगरपालिकाको वडा नम्बर १३ र १४ मा ७ वटा घरहरूमा पूर्ण क्षति र ३५ वटा घर उच्च जोखिममा छन् ।

उच्च जोखिममा रहेका र विस्थापित भएका घर परिवारहरुलाई तत्काल राहत उपलब्ध गराउने नगर प्रमुख केसीले बताउनुभ भयो । उहाँले विस्थापित परिवारहरुलाई पाल तथा खाद्यन्न व्यवस्थापनको लागि नगरपालिकाबाट उपलब्ध गराइने र पहिरो हटाउन, पानी कटाउन डोजर परिचालन गरिएको बताउनु भयो ।

आईतबार बिहान देखि पहिरोका कारण सडक र विद्युत पुर्ण रूपमा बन्द भएको छ । अवरुद्ध सडक खुलाउन ब्याकुलोडर र स्काभेटरले काम गरिरहेका छन ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार