बाढीपीडितलाई राहत वितरण

सानीभेरी ३ का

बाढीपीडितलाई राहत वितरण

सानीभेरी ३ का

मुसिकोट । रुकुम पश्चिममा आईतबार आएको भारी वर्षासँगैको बाढीले क्षति पुर्याएका स्थानीयलाई राहत प्रदान गरिएको छ । सानीभेरी गाउँपालिकाले वडा नम्वर ३ का तीन घरपरिवारलाई मंगलबार राहत वितरण गरिएको हो ।

बाढीले ३ नम्बर वडा स्थित देउताखोला आसपारका घर, घट्ट र सयौँका धान खेतबारी बगाएको थियो । नगरपालिकाको तर्फबाट बर्षाले घर बगाएका स्थानीय ओपेन्द्र ओलीको र प्रजित गुरुङको परिवारलाई राहत दिईएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताउनुभयो ।

गाउँपालिकाले प्रजित गुरुङको परिवारलाई ५० केजी चामल, ४ केजी दाल, ४ बोतल तेल, ५ पोका नुन र एउटा त्रिपाल वितरण गरेको छ । त्यस्तै ओपेन्द्र ओलीको परिवारलाई २५ केजी चामल, ५ केजी दाल, २ बोतल तेल, ३ पोका नुन र एउटा त्रिपाल उपलब्ध गराएको छ ।

त्यसैगरी देउताखोलाले बगाएर मृत्यु भएका सानीभेरी गाउँपालिकाले वडा नम्वर ३ का दलबिर गुरुङको परिवारलाई ५० केजी चामल, ४ केजी दाल, ४ बोतल तेल र ५ पोका नुन उपलब्ध गराएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार