बाँफिकोटका ग्रामिण सडक मर्मत तथा सफाई काम सुरु

बाँफिकोटका ग्रामिण सडक मर्मत तथा सफाई काम सुरु

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले गाउँपालिका भित्र अवरुद्ध भएका मुख्य तथा ग्रामिण सडक खुलाउने कामको सुरुवात गरेको छ ।

वर्खा लागेसंगै गाउँपालिकाको विभिन्न ठाउँका सडकमा पहिरो खसेको छ । गाउँपालिकाको केन्द्र सम्म जानेबाटो पनि वर्षा पछि आएको पहिरोको कारण अवरुद्ध भएको थियो ।

गाउँपालिकाले सोमबार गाउँपालिकाको केन्द्र सम्म पुग्ने छिनखेत–बाँफिकोट सडकखण्ड मर्मत गर्नुका साथै सडकमा खसेको पहिरो हटाएको छ ।

त्यस्तै छिनखेत देखि नुदुवा सम्म जाने सडकमा खसेको पहिरो हटाउने काम आजबाट सुरु भएको गाउँकार्यपालिका प्रवक्ता प्रकाश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाका कारण पालिकाको विभिन्न ठाउँमा सडक अवरुद्ध हुदा गाउँ–गाउँ सम्म दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको थियो ।

वर्षा रोकिए भदौ महिना भर पालिकाभरका ग्रामिण सडकहरु सफाई तथा मर्मत गरिसक्ने प्रवक्ता खत्रीले बताउनु भयो । उहाँका अनुसार दशैँ अघि नै वडाका सम्पूर्ण सडक मर्मत गरिसक्ने छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार