बाँफिकोट गाउँपालिकाका सबै वडा कार्यालयमा सोलार जडान

बाँफिकोट गाउँपालिकाका सबै वडा कार्यालयमा सोलार जडान

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले वडा कार्यालयहरुमा सोलार जडान गरेको छ । विद्युत आपुर्तिमा नियमितता नभएपछि गाउँपालिकाले सवै वडा कार्यालयहरुमा सोलार जडानको काम थालिएको गाउँ कार्यपालिका प्रवक्ता तथा बाँफिकोट गाउँपालिका २ नम्बर वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो ।

अहिले भवन निर्माण भएका सबै वडामा सोलार जडानको काम भइरहेको छ । भवन नभएको ठाउँमा यही आर्थिक वर्ष भित्रै सोलार जडानको काम हुने वडा अध्यक्ष खत्रीको भनाई छ ।

अहिलेसम्म १, २, ३ , ४, ५, ६, ७ र ९ नम्बर वडा कार्यालयमा सोलार जडानको काम सकिएको छ । बाँकी वडा नम्बर ८ र १० मा पनि छिटै काम हुने प्रवक्ता खत्रीले जानकारी दिनुभयो ।

गाउँपालिकाले ९ लाख ९९ हजारमा वडाहरुको लागि सोलार खरिद गरेको हो । वडामा बत्तिको समस्याका कारण काम नहुने गुनासो आएपछि सोलार खरिद गरि वडा कार्यालयहरुमा जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीले जानकारी दिनुभयो ।

त्यस्तै गाउँपालिकाले आवश्यकता अनुसार प्रसुतिगृह भएको स्वास्थ्य संस्थामा पनि सोलार जडान गर्ने बताएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार