नेविसंघ बाँफिकोटको वैठक सम्पन्न

नेविसंघ बाँफिकोटको वैठक सम्पन्न

मुसिकोट । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ रुकुम पश्चिम बाँफिकोट गाउँ कार्यसमितिको बैठक सम्पन्न भएको छ । शनिबार छिनखेतमा पालिका अध्यक्ष दिपेन्द्र राज कुसारीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा नेपाली कांग्रेस रुकुम पश्चिम जिल्ला कार्यसमिति सदस्य बिजया बिष्ट शाहीको प्रमुख आथित्यता रहेको थियोे । उक्त बैठकमा बिभिन्न बिषयहरु छलफल गरि विभिन्न निर्णयहरु गरिएको छ ।

यस्ता छन बैठकका निर्णहरु.

निर्णय न. १ बाँफिकोट गाउँपालिका रुकुम पश्चिम भित्र रहेका बिधालयहरु मा असोज पहिलो हप्ता भित्र सङगठनलाई पुर्णाता दिई सक्ने।

निर्णय न. २ नेपाल विद्यार्थी संघ भित्र विभिन्न बिभाग हरु आर्थिक ,अनुशासन, प्रचारप्रसार र साहित्यक बिभागहरु गठन गर्ने निर्णय सर्बसम्बत रुपले पारित गरियो।

निर्णय न. ३ नेपाल विद्यार्थी संघ को सदस्यता सम्पुर्ण बिधालय मा ने बि संघ को संगठन ले पुर्णता पाईसके पछि बितरण निर्णय सर्बसम्बत रुपले पारित गरियो।

निर्णय न. ४ नेपाल विद्यार्थी संघ बाँफिकोट गाउँ पालिकाको आर्थिक कोष रहने र तिन जनाको संयुत खाता संचालन गर्ने निर्णय गरियो।

निर्णय न. ५ बाँफिकोट गाउँ पालिका नेपाल विद्यार्थी संघ ले गाउँ पालिका भित्र का शिक्षा र विद्यार्थी को समस्या हल गर्न गाउँ पालिका भित्र का अरु राजनीतिक पार्टी का विद्यार्थी सङगठन संग छलफल ,सहमति र बैठक बस्ने बाताबरण सिर्जना गर्ने निर्णय गरियो।

निर्णय न. ६ बिधालयको भौतिक अबस्था,विद्यार्थी को पठनपाठन अबस्था ,विद्यार्थी को ब्यत्तित्व र विद्यार्थी अन्तर क्रियाकलाप कार्यक्रमको अवस्था अध्ययन गर्ने र समस्या समाधान गर्ने निर्णय गरियो।

निर्णय न. ७ बाँफिकोट गाउँ पालिका भित्र रहेका विद्यार्थीहरुको वास्तविक अबस्था थाहा पाउन र समस्या समाधान गर्न विद्यार्थी को तथ्यांक संकलन गर्ने निर्णय गरियो ।

निर्णय न. ८ नेपाल विद्यार्थी संघ बाँफिकोट गाउँपालिका को दोस्रो अधिबेशन मंसिर चौथो हप्ता गर्ने निर्णय गरियो।

निर्णय न. ९ नेपाल विद्यार्थी संघ बाँफिकोट गाउँ पालिकाको बैठक आबश्यकता अनुसार बस्ने निर्णय गरियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार