लागूऔषध मुद्दामा फरार एक महिला पक्राउ

लागूऔषध मुद्दामा फरार एक महिला पक्राउ

लागू औषध मुद्दामा आठ वर्षदेखि फरार रहेकी जाजरकोटकी एक महिला पक्राउ परेकी छिन्। जिल्लाको नलगाड नगरपालिका-३ बस्ने ६७ वर्षीया ओमकुमारी थापालाई प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध चरेश मुद्दामा जिल्ला अदालत बाँकेको २०७१ मंसिर २५ गते उनलाई एक वर्ष तीन महिना कैद सजाय तोकिएको थियो।

तर उनी फरार हुँदै आएकी थिइन्। गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो।

पक्राउ परेकी थापालाई जिल्ला अदालतमा उपस्थित गराई आइतबार नै अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार