निजामति कर्मचारी युनियन रुकुम पूर्वद्धारा बिरामीलाई फलफूल वितरण

निजामति कर्मचारी युनियन रुकुम पूर्वद्धारा बिरामीलाई फलफूल वितरण

बिरामिलाई फलफूल वितरण गर्दै युनियनका जिल्ला अध्यक्ष दशरथ ओली ।

रुकुमकोट । नेपाल निजामती कर्मचारी युनियन रुकुम पूर्वले रुकुम पूर्व अस्पतालमा उपचारका क्रममा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

आइतबार आफ्नो स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको युनियन रुकुम पूर्वका जिल्ला  दशरथ ओलीले जानकारी दिनुभयो ।

अस्पतालमा भर्ना भएका ८ जना बिरामिहरुलाई फलफूल वितरण गरिएको जनाइएको छ ।

यस्तै बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

फलफुल वितरण कार्यक्रममा युनियनका जिल्ला अध्यक्ष दशरथ ओली, केन्द्रिय सदस्य निर्मला शर्मा, युनियन जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार