कांग्रेस रुकुम पूर्वद्धारा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

कांग्रेस रुकुम पूर्वद्धारा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

रुकुमकोट । नेपाली कांग्रेस रुकुम पूर्वले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि २५ जना उम्मेदवार सिफारिस गरेको छ ।

नेपाली कांग्रेस रुकुम पूर्वका अनुसार प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ हरिशङ्कर घर्ती, सत्यप्रकाश रोका र गोर्खलाल खड्कालाई सिफारिस गरेको छ भने समानुपातिक तर्फ केशरमान रोका र भावना खड्कालाई सिफारिस गरिएको छ ।

त्यसैगरि प्रदेश निर्वाचन क्षेत्र नम्वर क को लागि प्रत्यक्ष तर्फ तिलबहादुर घर्ती, धुतकुमार पुन, कुसुमदेवी पुन, बच्चू पुन, र पूर्णबहादुर मल्ल सिफारिस हुनभएको छ भने समानुपातिक तर्फ जितप्रसाद पुन, काजिमान घर्ती, कर्मचिज पुन, तेजेन्द्र खाम, जानबहादुर सेन सिफारिस हुनुभएको छ ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र नम्वर ख को लागि प्रत्यक्ष तर्फ गञ्जुसिङ बुढा, भीमबहादुर खड्का, दत्तबहादुर बस्नेत, धनबहादुर केसी र नन्द बहादुर विष्टलाई सिफारिस गरिएको छ भने समानुपातिक तर्फ सरिता बिसी, प्रकाश केसी, तिलकबहादुर बुढा, कमला खड्का केसी र पञ्चमान बुढालाई सिफारिस गरिएको नेपाली कांग्रेस रुकुम पूर्वले बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार