मुसिकोटमा कानुनी सहायता सेवा तालिम सुरु

मुसिकोटमा कानुनी सहायता सेवा तालिम सुरु

मुसिकोट । रुकुम पश्चिमको मुसिकोटमा अधिवक्ता तथा पत्रकारका लागि दुई दिने कानुनी सहायता सेवा सम्बन्धी तालिम सुरु भएको छ । नेपाल सरकार र यु। एनडीपीको सहयोगमा मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेसको आयोजनामा तालिम सुरु भएको हो ।

हरप्लेसका जिल्ला कार्यक्रम अधिकृत माया बोहराले कानुनी सहायता सेवा मार्फत मानव अधिकार, कानुन र स्वच्छ न्याय सम्पादनमा सहयोग पुग्ने भएकाले तालिम आयोजना गरिएको बताउनुभएको छ ।

तालिमको सहजीकरण अधिवक्ता मिलन श्रेष्ठले गर्नुभएको छ । उहाँले तालिममा सहभागीलाई न्याय निरुपणका कानुनी शब्दावली र कानुनका सर्वमान्य सिद्धान्त, स्थानीय तहको न्यायीक पहुँच, नि:शुल्क कानुनी सेवा तथा मेलमिलाप सम्बन्धी तालिम दिइने बताइएको छ ।

तालिममा जिल्ला स्थित पत्रकार, अधिवक्ता, सरकारी वकिल, अदालत, प्रशासन तथा प्रहरी कार्यालयका मुद्दा तथा उजुरी फाँटमा कार्यरत कर्मचारी लगायत २० जनाको सहभागिता रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार