त्रिवेणीमा घरदैलोमै सेवा प्रवाह गर्न घुम्ती शिविर

त्रिवेणीमा घरदैलोमै सेवा प्रवाह गर्न घुम्ती शिविर

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले असोज ५ गतेबाट १४ गतेसम्म १० वटा वडाहरुमा एकिकृत घुम्ति शिविर सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीका अनुसार व्यवसाय दर्ता, व्यवसाय नविकरण, व्यवसाय इजाजतपत्र, योजना सम्झौता, अपांगता परिचयपत्र वितरण लगायतका सेवाहरु घुम्ति शिविरमार्फत प्रवाह गरिनेछ ।

त्यसैगरी बिभिन्न सिफारिस तथा विषयगत शाखाहरुबाट प्रदान गरिने सेवाहरु सामान्य स्वास्थ्य परिक्षण, कृषि तथा पशु सेवा लगायतका सेवाहरु पनि घुम्ति शिविर मार्फत प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत घर्तिले जानकारी दिनुभयो ।

घुम्ति शिविर ५ गते वडा नम्बर १० को कार्यालयमा, ६ गते वडा नम्वर ९ को कार्यालयमा, ७ गते वडा नम्वर ८ को कार्यालयमा, ८ गते वडा नम्वर ७ को कार्यालयमा र ९ गते वडा नम्वर ६ को कार्यालयमा हुने गाउँपालिकाले जनाएको छ । त्यसैगरी १० गते वडा नम्वर ३ को कार्यालयमा, ११ गते वडा नम्बर ४ को कार्यालयमा र १२ गते वडा नम्वर ५ को कार्यालयबाट सेवा प्रवाह गरिने छ ।

भदौ १३ गते वडा नम्वर १ र १४ गते वडा नम्वर २ को वडा कार्यालयबाट घुम्ति सेवा प्रवाह गरिने छ । शिविर तोकिएको तालिका अनुसार हरेक दिन बिहानको १० बजेबाट सुरु हुने बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार