कांग्रेसको असन्तुष्ट पक्षले चियापान गर्दै

कांग्रेसको असन्तुष्ट पक्षले चियापान गर्दै

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज चियापान कार्यक्रम गर्दैछ। दसैंका अवसरमा गर्न लागिएको चियापान कार्यक्रमलाई पनि उक्त समूहले संघर्षकै रूप भनेको छ।

काठमाडौंको बत्तिसपुतलीमा आज बिहान ८:१५ मा चियापान गर्ने र भावी रणनीति तय गरिने नेताहरूले बताएका छन्।

चियापानका लागि नेता शेखर कोइरालासहित उनी पक्षबाट कांग्रेसको १४ औं महाधिवेशनमा जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।

कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूले समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति शेरबहादुर देउवालाई दवाव दिन पार्टी केन्द्रीय कार्यालयमा बुधबार धर्ना पनि दिएका थिए। तर यो धर्नामा कोइराला र थापा भने उपस्थित भएका थिएनन्।

जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाहीलगायतले समान अवसर र न्यायका लागि भन्दै आन्दोलन गरिरहेका छन्। पार्टीले असोज ३ मा निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न पनि उनीहरूले माग गरेका छन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार