उम्मेदवारको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

उम्मेदवारको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

फाइल तस्बिर।

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक बिहीबार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर, बालकोटमा बस्नेगरि बोलाइएको छ।

अगामी मंसिर ४ गतेका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले सचिवालय बैठक बोलाएको हो।

यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

साथै, निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक सूची र सच्याउनका लागि आयोगले गरेको पत्राचारबारे पनि बैठकमा छलफल हुने उपमहासचिव विष्णु रिमालले बताए। आयोगले समानुपातिकतर्फको बन्दसूची सच्याउने समय यही असोज १६ गतेसम्मलाई दिएको छ।

एमालेमा प्रत्यक्षतर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन्। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छान्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो। बिहीबारको बैठक विभिन्न दलहरुसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार