मुसिकोटमा निर्वाचन आचारसंहिता सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया

मुसिकोटमा निर्वाचन आचारसंहिता सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया

मुुसिकोट । रुकुम पश्चिमको मुसीकोटमा निर्वाचन आचारसंहिता सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नेपाल पत्रकार महासंघ रुकुम शाखाले जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजना गरेको निर्वाचन आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि जारी भएका आचारसंहिता कार्यान्वयनमा जोड दिएका छन।

निर्वाचन आचारसंहिता पालना नहुँदा निर्वाचन खर्चिलो र अमर्यादित हुने भन्दै सरोकारवालाहरुले उम्मेदवार र दलले मात्र नभई निकाय र व्यक्तिले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले पछिल्ला दिनहरुमा निर्वाचन आचारसंहिता पालना बढ्दो क्रममा रहेको र यसमा सुधार हुनुपर्ने बताउनु भएको छ । निर्वाचनलाई धाँदलि रहित, मर्यादित र स्वच्छ वातावरणमा सम्पन्न गराउने सबै निकायको मात्र नभई स्वमं मतदाताको समेत उत्तिकै जिम्मेवारी रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख तथा निर्वाचन आचारसंहिता अनुगमण अधिकृत बोमलाल परजुलीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आचारसंहिताका बारेमा जानकारी गराउनुभएको थियो ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालनामा सघाउ पुग्ने उद्धेश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको महासंघले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुले जिज्ञाशा सहित आचारसंहिताको पालनमा प्रतिबद्धता जनाएको नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँले निर्वाचनको बेला निश्पक्ष र सहज रिपोटिंङमा सहजता दिलाउन कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा नरसिंह दल गण सल्लेका गणपति प्रमुख सेनानी प्रमोद शर्मा , जिल्ला प्रहरी कार्यालयका प्रमुख बिष्णुप्रसाद सोती, सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका प्रमुख  गोबिन्द बहादुर केसी , अनुसन्धान प्रमुख होमराज रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारि प्रेम जिएम, जिल्ला हुलाक कार्यालयका प्रमुख खडक बहादुर खड्का, मुसिकोट खंलगा बहुमुखी क्याम्पसका प्रमुख बृद्धिप्रसाद गौतम, बार इकाईका जिल्ला अध्यक्ष गणेश हमालको उपस्थिति रहेको थियो ।

यस्तै नेपाल शिक्षक महासंघका जिल्ला उपाध्यक्ष देव बहादुर खड्का, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नर बहादुर नेपाली, रेडक्रस जिल्ला सभापति रमा गौतम, प्रेस युनियका केन्द्रिय सदस्य प्रविर ददेल, प्रेस सेन्टरका केन्द्रिय सदस्य मेगराज खड्का र समाजबादी प्रेस संगठनका केन्द्रिय सदस्य अमरराज पुनलगायतको उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गोपालप्रसाद रेग्मीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन पत्रकार महासंघका सचिव हिरा परियारले गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रम सञ्चालनको लागि युनिक एफ.एम. ९७.६ मेघाहर्ज मुसिकोट र आफनो एफ.एम. ९०.४ मेघाहर्ज चौरजहारीको आर्थिक सहयोग रहेको थियो ।

कार्यक्रमका झलकहरु :

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार