बाँफिकोट २ मा गोरेटो बाटो निर्माणको लागि २२ लाख बजेट

बाँफिकोट २ मा गोरेटो बाटो निर्माणको लागि २२ लाख बजेट

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ ले गोरेटो बाटो निर्माण कार्यलाई प्राथमिकता दिएको छ । वडाले यस वर्ष गोरेटो बाटो निर्माण तथा मर्मतका लागि बजेट बिनियोजन गरेको छ ।

वडा क्षेत्र भित्र रहेका चार वटा मुख्य गोरेटो बाटोको लागि २२ लाख बढी रकम बिनियोजन गरेको वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको १६ लाख ६७ हजार ६७४ बजेट र वैदेशिक रोजगार विभागबाट ५ लाख ९९ हजार २५० बजेट गरी जम्मा २२ लाख ६६ हजार ९२४ रकम चार वटा बाटोको लागि विनियोजन गरिएको छ ।

कुनाखेत विद्यालय देखि थारकट्टे विद्यालयसम्म‌ गोरेटो बाटो निर्माणको लागि ५ लाख ९९ हजार २५०, स्वाँरा देखि भाटी सम्म ६ लाख ६७ हजार ६७४ रकम जिवियोजन गरिएको छ ।

त्यसैगरी दह देखि डाडाईखाली सम्म गोरेटो बाटो निर्माणको लागि पाँच लाख र मुरापाटा, मोख्याडेरा देखि डैडाँडा सम्म गोरेटो बाटो मर्मतको लागि पाँच लाख रकम बिनियोजन गर्ने निर्णय भएको छ ।

उपभोक्ता समिति निर्माण गरेर तत्काल कामको सम्झौता गरिने र माघ मसान्त सम्म काम सम्पन्न गरिने वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार