कुचिबाङमा गठबन्धनको घरदैलो तथा जनभेटघाट कार्यक्रम

कुचिबाङमा गठबन्धनको घरदैलो तथा जनभेटघाट कार्यक्रम

रुकुुमकोट । रूकुम पूर्बमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर केसीले चुनावी अभियान अन्तर्गत भेटघाट कार्यक्रमलाई तिब्रता दिनुुभएको छ ।

उम्मेदवार केसीले आज रुकुम जिल्लाको भुमे गाउँपालिका वडा नम्वर ८ कुचिबाङका विभिन्न टोलहरुमा पुगेर घरदैलो र भेटघाट गर्नुभएको छ ।

गाउँ पुगेका केसीलाई स्थानीयहरुले गाजाबाजा सहित स्वागत गरेका थिए ।

भेटघाट कार्यक्रममा उम्मेदवार केसीले आफू निर्वाचित भएपछि दुई वर्षभित्रमा कुचिवाङ, सिस्ने जस्ता सडक सञ्जाल नपुगेका विकट ठाउँमा सडक सञ्जाल पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले विकास निर्माणको पहिलो आधार सडक रहेकाले आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकिकृत समाजवादीका कार्यकर्ताको सहभागीता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार