चौरजहारी र सानीभेरीमा नमूना मतदान

चौरजहारी र सानीभेरीमा नमूना मतदान

मुसिकोट । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा नमूना मतदान सम्पन्न गरिएको छ ।

शनिबार जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले सितल मावि चौरजहारी र राप्ती ज्ञानोदय मावि सिम्लीमा नमूना मतदान कार्यक्रम सम्पन्न गरेको हो ।

बदर मत कम गर्न र मतदाता शिक्षा प्रदान गर्न नमूना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी मल्लले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जिल्लाका छ वटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार