केशव रावललाई समर्थन गर्दै पूर्णजंगले निष्क्रिय पारे आफ्नो उम्मेदवारी

केशव रावललाई समर्थन गर्दै पूर्णजंगले निष्क्रिय पारे आफ्नो उम्मेदवारी

रुकुमकोट । रुकुम पूर्व प्रदेशसभातर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका पूर्णजंङ सिंहले आफ्नो उम्मेदवारी निष्क्रिय गराउनु भएको छ । उहाँले स्वतन्त्र उम्मेदवार केशव रावललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराउनु भएको हो ।

आइतबार रुकुमकोटमा पत्रकार सम्मेलन गरेर सिंहले सो क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी निष्कृय गर्दै रावललाई समर्थन गर्नु भएको हो ।

स्वतन्त्र उम्मेदवार रावल र आफ्नो एजेन्डा मिलेपछि आफूले आफ्नो उम्मेदवारी निष्कृय गर्दै रावललाई समर्थन गरेको सिंहले बताउनुभयो । विद्यार्थी जीवन देखि हाल सम्म पनि सक्रिय राजनीतिकमा रहनु भएको र वास्तविक जनताका मुद्दालाई सम्मान गर्दै चुनावी मैदानमा आउनु भएको रावललाई आफ्नो समर्थन रहेको सिंहको भनाइ रहेको छ । उहाँले रावललाई जिताउन आफुले नेतृत्वदायी भूमिका खेल्नेसमेत बताउनुभएको छ ।

यस्तै पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार रावलले आस्था विचार बेच्नेहरुको विरुद्धमा आफनो उम्मेदवारी रहेको बताउनु भयो । उहाँले मेरो पार्टी र गठबन्धनमा आवद्ध समुहले जनताको जनभावना विपरितका व्यक्तिलाई उम्मेदवार बनाएपछि आफु जनताको विचमा आएको बताउनु भएको छ ।

पैसामा आफनो आस्था र विचार बेच्ने केहि व्यक्तिहरु गठबन्धनमा भएपनि आम मतदाता आफनो आस्थाप्रति विचलित नभएको उहाँले बताउनुभयो ।

रावल र सिंह नेकपा माओवादी केन्द्र निकट हुनुहुन्छ । रावल अनेरास्ववियु क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष  हुनुहुन्छ । उहाँले पार्टि बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । रावल जिप चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

सो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका धनबहादुर केसी, नेकपा एमालेबाट भावना बुढाथोकी, राप्रपाबाट केशव चन्द्र समाल, मंगोल नेशनल अर्गनाइजेशनबाट लेखन बुढा र स्वतन्त्रबाट नरहरि खड्का चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार