आठबीसकोटमा गठबन्धनको चुनावी सभा

आठबीसकोटमा गठबन्धनको चुनावी सभा

मुसिकोट । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रुकुम पश्चिममा बाम लोकतान्त्रिक गठबन्धन तर्फका उम्मेदवारहरुले विभिन्न ठाउँमा चुनावी सभालाई तिब्रता दिएका छन् ।

जस अन्तरगत बिहिबार जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ९ राडीमा बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभामा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार तथा बाम लोकतान्त्रिक गठबन्धन दलका नेताहरुको उपस्थिति रहेको थियो ।

चुनावी सभालाई प्रतिनिधि सभाका उम्मेदवार तथा अर्थमन्त्री जनार्दन शर्मा, नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह, प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार महेन्द्र केसी, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व आर्थिक मामिला मन्त्री गोपाल शर्मा, नेपाली कांग्रेसका सचिव तारकबहादुर शाही, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार