डिग्रे मेलाको आम्दानी १४ लाख ५१ हजार

डिग्रे मेलाको आम्दानी १४ लाख ५१ हजार

फाईल तस्बीर ।

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा यस वर्ष लागेको मेलाबाट १४ लाख ५१ हजार ४३५  रुपैया आम्दानी भएको ।

हरिवोद्धनी एकादशी देखि पुर्णिमा सम्म गरेर पाँच दिन लागेको मेलामा आएका दर्शनार्थीले मन्दिरमा चढाएको भेटी, बलि चढाएको बोकाको टाउको मूल्य, होटल सञ्चालन र पिङ सञ्चालन वाफत मन्दिर व्यवस्थापन समितिले उक्त रकम संकलन गरेको हो । मेला कात्तिक १८ गतेबाट २२ गते सम्म लागेको थियो ।

मेलाको तीन दिनमा बलि चढाईएका एक हजार ६१ बोकाको टाउको बिक्रिबाट ६ लाख ६४ हजार ७८०, होटल स्टल बिक्रिबाट एक लाख ४१ हजार दुई सय, पिङ सञ्चालनबाट २७ हजार रुपैंया संकलन भएको समितिले जनाएको छ ।

मन्दिरमा पुजापाठ गर्न आएका दर्शनार्थीहरुले मन्दिरमा चढाएको भेटीबाट ६ लाख १८ हजार ४५५ रुपैँया संकलन भएको छ । यसरी संकलन भएको केही रकम मेला व्यवस्थापनमा खर्च हुने गरेको बताईएको छ ।

त्यसैगरी मेलामा रुकुम पश्चिम, पूर्व, सल्यान, जाजरकोट, रोल्पा, दाङ, बाँके, बर्दिया, काठमाडौंसहित छिमेकी देश भारतबाट समेत दर्शनार्थी पुग्ने गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार