मतदाता भेटघाटमा व्यस्त स्वतन्त्र उम्मेदवार केसी

मतदाता भेटघाटमा व्यस्त स्वतन्त्र उम्मेदवार केसी

मुसिकोट । रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका युवा नेता तारक केसीले मतदाता भेटघाटको लागि घरदैलो अभियानलाई तिब्रता दिनुभएको छ ।

परिवर्तन, न्याय, समानता, स्वतन्त्रता र सुशासनको मुख्य एजेण्डा सहित चुनावमा होमिनुभएका केसीले जिल्लाका विभिन्न ठाउँहरुमा पुगेर मतदाता भेटघाटलाई तिब्रता दिनुभएको हो ।

जिल्लाको त्रिवेणी गाउँपालिकाको खाराबाट शान्तिका प्रतिक परेवा उडाएर चुनावी अभियान सुरु गर्नुभएका केसीले आफ्नो एजेण्डाको पक्षमा मतदाताहरुको पूर्ण साथ र समर्थन रहेको समेत बताउनुभयो ।

शनिबार केसीले जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर १४ का विभिन्न टोलहरुमा पुगेर मतदाताहरु सँग भेटघाट गर्नुभएको छ । भेटघाटको क्रममा मतदाताहरुको सकारात्मक प्रतिक्रियाले आफू थप उत्साहित भएको उम्मेदवार केसी बताउनुभयो ।

भेटघाटको क्रममामतदाताहरुले विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, राजनीतिक विकृति लगायतका विषयमा गुनासो समेत राखेको उहाँले बताउनुभयो ।

केसी नेपाली काँग्रेस निकट नेविसंघको पूर्व केन्द्रिय सदस्य हुनुहुन्छ । उहाँले पार्टि बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । केसीले सूर्यमुखी फूल चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवार केसीसँगै माओवादी नेता जनार्दन शर्मा, एमालेमा नन्दराम देवकोटा, राप्रपा दिपक मल्ल, मंगोल नेशनल अर्गनाईजेशनका हरिबहादुर पुन र स्वतन्त्र उम्मेदवार राजन पाण्डे चुनावी प्रतिश्पर्धामा रहनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार