रुकुम पश्चिचमा ६६ कैदीबन्दीले मतदान गर्न पाउँने

रुकुम पश्चिचमा ६६ कैदीबन्दीले मतदान गर्न पाउँने

मुसिकोट । रुकुम पश्चिम स्थित रुकुम कारागार कार्यालयमा अहिले १२४ जना कैदीबन्दीहरु रहेका छन् । निर्वाचन आयोगले कैदीबन्दीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गरे अनुरुप यहाँका ६६ जना कैदीबन्दीहरुले मतदान गर्न पाउने भएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा रुकुम कारागारमा रहेका ६६ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार कारागारमा रहेका १२४ जना कैदीबन्दी मध्य अन्तिम मतदाता नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेका ६६ जना कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने छन् ।

कारागार कार्यालयका प्रमुख अकबिर घर्तीका अनुसार कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिएको छ । त्यसका लागि मतदान गराउन कारागारमै कर्मचारी पुग्ने उहाँले जनाउनुभयो ।

कार्यालयका प्रमुख घर्तीका अनुसार नामावली सङ्कलनको अवधिमा कारागारमा रहेका सबै कैदीबन्दीले अवसर नपाएका कारण धेरै भोट हाल्नबाट छुुटेका छन् । ५८ जना कैदिबन्दिले मतदान गर्नबाट छुटेका हुन् । हाल कारागारमा ११५ जना पुरुष र ९ जना महिला रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार