रुकुम पूर्वका क्रियाशिल पत्रकारलाई प्रेस ज्याकेट वितरण

रुकुम पूर्वका क्रियाशिल पत्रकारलाई प्रेस ज्याकेट वितरण

रुकुमकोट । रुकुम पूर्वमा कार्य क्षेत्र बनाएर सक्रिय रहेका पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ रुकुम शाखाले पत्रकारहरुलाई ज्याकेट उपलब्ध गराएको हो । सोमबार रुकुम पूर्वका १४ जना क्रियाशिल पत्रकारहरुलाई ज्याकेट उपलब्ध गराईएको हो ।

पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीले पत्रकारहरुले समाचार संकलन सहज बनाउन र महासंघको सस्थागत पहिचानमा सहयोग पुग्ने उद्धेश्यले ज्याकेट उपलब्ध गराईएको बताउनुभयो ।

विशेष गरेर निर्वाचनका गतिबिधि र अन्य फिल्डस्तरका कार्यक्रमहरुमा रिपोटिङ्ग गर्न थप सहज पुग्ने विश्वास रहेको अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

महासंघले आईतबार रुकुम पश्चिमका क्रियाशिल पत्रकाहरुलाई पनि प्रेस ज्याकेट उपलब्ध गराएको थियो । प्रेस ज्याकेटको सदुपयोग गर्न पत्रकार महासंघले सबै पत्रकारहरुलाई अनुरोध गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार