सानीभेरीमा गठबन्धनको चुनावी सभा सम्पन्न

सानीभेरीमा गठबन्धनको चुनावी सभा सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको सानीभेरीमा वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित बाम–लोकतान्त्रिक गठबन्धनको दशौँ चुनावी सभा सानीभेरी गाउँपालिकाको सिम्लीमा सम्पन्न भएको छ ।

चुनावी सभालाई गठबन्धनका तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवार तथा गठबन्धनमा आवद्ध दलका नेताहरुले सम्बोधन गरेका थिए ।

चुनावी सभालाई प्रतिनिधि सभाका उम्मेदवार तथा अर्थमन्त्री जनार्दन शर्मा, नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह, नेपाली कांग्रेसका केन्द्रिय सदस्य मानबहादुर नेपाली, प्रदेश महामन्त्री कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार राजकुमार शर्मा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष हरिप्रसाद शर्मा, जनता समाजवादी पार्टीका कर्णाली प्रदेश अध्यक्ष प्रेम बोहरा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्नेहरुले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन अपिल गरेका थिए । यस्तै वाम लोकतान्त्रिक गठबन्धनले भोलि (बिहिबार) चौरजहारीमा अन्तिम चुनाबी सभा आयोजना गर्ने जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार