निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी कारबाहीमा

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी कारबाहीमा

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।

‘आचारसंहिता विपरीत काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो,’ उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिनेहरू छन् । उहाँहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।’

प्रवक्ता राईका अनुसार अनुसार कारबाहीमा पर्नेमा प्रदेश नं १ मा ४८ जना, काठमाडौँ उपत्यकामा एक जना र वाग्मती प्रदेशमा पाँच जना रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा २४ जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिममा सात जना रहेका छन् । काठमाडौँ उपत्यकासहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । जसमा पुरुष ८४ हजार दुई सय ४८ जना र महिला ३० हजार छ सय २९ छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार