रुकुम पूर्व : भोट माग्न घरदैलोमा राप्रपाका उम्मेदवार

रुकुम पूर्व : भोट माग्न घरदैलोमा राप्रपाका उम्मेदवार

रुकुमकोट । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन चार दिन मात्रै बाँकी छँदा रुकुम पूर्वका उम्मेदवारहरुले चुनाव प्रचार–प्रसार तीव्र पारेका छन्। मनोनयन दर्तापछि घरदैलो हुँदै सुरु भएको प्रचारप्रसार यतिबेला सभा, भेला, आन्तरिक छलफलमा केन्द्रित छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी रुकुम पूर्वले घरदैलो अभियानलाई तिव्रता दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारको लागि राप्रपाले घरदैलो अभियानलाई तिव्रता दिएको हो ।

बरु नष्ट हुन्छौं तर भ्रष्ट हुदैनौँ भन्ने मुल नाराका साथ चुनावी अभियानमा लागी परेको राप्रपा रुकुम पूर्वका अध्यक्ष सुधिर विक्रम शाहले जानकारी दिनुभयो । घरदैलो अभियानका क्रममा मतदाताहरुको उत्साहजनक साथ पाएको शाहले उल्लेख गर्नुभयो ।

जिल्लाको भुमे गाउँपालिका र सिस्ने गाउँपालिकाको सबै वडाहरुमा घरदैलो कार्यक्रम सकिएको प्रदेश निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार तथा राप्रपाका केन्द्रिय सदस्य केशव चन्द्र समाल (मदन शाह) ले बताउनुभयो ।

भेटघाटको क्रममा मतदाताहरुले विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, राजनीतिक विकृति लगायतका विषयमा गुनासो समेत राखेको उम्मेदवार समालले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संघीयता खारेजीको मुख्य एजेण्डा सहित चुनावमा होमिएको छ ।

जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रतिनिधीसभा सदस्यका खिमबहादुर खत्री र प्रदेश निर्वाचन क्षेत्र नं. २ मा केशवचन्द्र समाल (मदन शाह) उम्मेदवार रहनुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार