रुकुम पूर्वका एक युवक वेपत्ता

रुकुम पूर्वका एक युवक वेपत्ता

रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ६ का एक युवक वेपत्ता भएका छन । पुथा उत्तरगंगा गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत वशिष्ठ नारायरण यादवका अनुसार २२ वर्षिय संसार घर्ति १३ दिनदेखि वेपत्ता भएका हुन ।

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ निवासी लिला घर्ति र घुमिमाया घर्तिका छोरा संसार मंसिर ८ गते देखि हराएका हुन ।

उनी चंखेली गाउँपालिका हुम्लामा कार्यरत कम्प्युटर अपरेटर राधा थापलाई भेट्न भनि हुम्ला गएको बताइएता पनि हालसम्म अवस्था अज्ञात रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

संसारको खोजीको लागी सहयोग गरिदिन गाउँपालिकाले अनुरोध गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार