आठबिसकोटको ६ वटा वडामा घुम्ती शिविर सम्पन्न

आठबिसकोटको ६ वटा वडामा घुम्ती शिविर सम्पन्न

मुसिकोट । घरदैलोमै सेवा दिने उद्धेश्यले एकिकृत घुम्ती शिविर सञ्चालन गरेको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले ६ वटा वडामा शिविर सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर २,४, ५, ६, १३ र १४ मा शिविर सम्पन्न भएको हो ।

नगरपालिकाका अनुसार शिविरबाट वडा नम्बर १४ मा विभिन्न शिर्षकका १० वटा, वडा नम्बर १३ मा विभिन्न शिर्षकका ७ वटा र वडा नम्बर ६ मा विभिन्न शिर्षकका १० वटा, वडा नम्वर ५ मा ३ वटा, वडा नम्बर ४ मा ३ वटा, वडा नम्बर २ मा ४ वटा गरि जम्मा ३७ वटा योजना सम्झौता गरिएको छ ।

यसका साथै वडा नम्बर १४ मा ६ जना , वडा नम्बर १३ मा ७ र वडा नम्बर २ मा १ जना गरि जम्मा १४ जना अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिएको नगरपालिकाका योजना शाखा प्रमुख रत्नबहादुर परियारले जानकारी दिनुभयो ।

नगरपालिकाले वडा नम्बर १४ घेत्मा देखि शिविर सुरु गरिएको थियो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहका अनुसार जनताको घरदैलोमै सरकारको सार्वजनिक सेवा पुर्याउने उद्धेश्यले घुम्ती शिविर सञ्चालन गरिएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहका अनुसार नगरपालिकाबाट प्रवाह गरिने सेवाहरुको विकेन्द्रीकरण गरेर सेवा प्रवाह गर्ने, सरल र सहज रुपमा सेवा उपलब्ध गराउने, सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उद्धेश्यका साथ नगरपालिकाले एकिकृत सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको हो । एकिकृत सेवा प्रवाह घुम्ती शिविर भोलि वडा नम्बर १ वडा कार्यालयमा संचालन गरिने नगरपालिकाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार