पत्रकार महासंघ रूकुमको सातौं साधारणसभा सम्पन्न

पत्रकार महासंघ रूकुमको सातौं साधारणसभा सम्पन्न

मुसिकोट । नेपाल पत्रकार महासंघ रूकुमको सातौं साधारण सभा मुसीकोटमा सम्पन्न भएको छ । संस्थाको सांगठनिक तथा आर्थिक प्रतिवेदन पास गर्दै साधारण सभा सम्पन्न भएको हो । महासंघ जिल्ला शाखा उपाध्यक्ष गोपाल रेग्मी र सचिव हिरा परियारले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष ज्ञानुकुमार गौतमले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो । साधारण सभाको बन्द सत्रले उक्त प्रतिवेदन पास गरेको हो ।

त्यस्तै साधारण सभाले संचार क्षेत्रको संस्थागत विकासको लागि पहल गर्ने, संचार क्षेत्रको दीर्घकालिक विकासको लागि महासंघले भावि योजना निर्माण गर्ने तथा मिडिया मैत्री कानुन निर्माणको लागि सम्पुर्ण स्थानीयतहलाई अनुरोध गर्ने विषयमा समेत साधारण सभामा छलफल चलेको महासंघका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । साधारण सभाको कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले उद्घाटन गर्नुभएको थियो ।

साधारण सभाको उद्घाटन सत्रमा पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले महासंघको हालसम्मको अवस्था समेटिएको प्रतिवेदन पेश गर्नु भएको थियो । प्रदेश सभा सदस्य महेन्द्र केसीको प्रमुख आतिथ्यतामा सुरु भएको साधारण सभामा महासंघका कर्णाली प्रदेश अध्यक्ष देबिराम देवकोटा, महासचिव खगेन्द्र भट्राई, जिल्ला समन्वय समितिका प्रमुख लुम्विनी गौतमको विशेष आतिथ्यता रहेको थियो ।

साधारण सभामा जिल्लास्थित पालिका प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष, कार्यालय प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार संघ संगठन लगायतको उपस्थिति रहेको छ । उपाध्यक्ष गोपाल रेग्मीको स्वागत मन्तव्यबाट सुरू भएको साधारण सभा उद्घाटन कार्यक्रमको संचालन सचिव हिरा परियारले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार