रुकुम पश्चिमका ४ जना पत्रकारलाई क्रियाशिल पत्रकारिता पुरस्कार

रुकुम पश्चिमका ४ जना पत्रकारलाई क्रियाशिल पत्रकारिता पुरस्कार

मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुमले जिल्लाका चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । सातौं साधारण सभाको अवसरमा महासंघले जिल्लामा क्रियाशिल ४ जना पत्रकारहरुलाई जनही ५ हजार र सम्मान पत्रले पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा गोरखापत्र दैनिकका जिल्ला संवाददाता राजु लामिछाने, आहा सञ्चार सप्ताहिकका प्रकाशक सम्पादक मेगराज खड्का, कान्तिपुर टेलिभिजनका जिल्ला संवाददाता महेश केसी र नेपाल टेलिभिजनका जिल्ला संवाददाता अमरराज पुन रहनुभएको छ ।

शनिबार मुसीकोटमा सम्पन्न नेपाल पत्रकार महासंघ रुकुमपश्चिम शाखाको सातौ वार्षिक साधारण सभामा उहाँहरुलाई पुरस्कृत गरिएको महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसी, नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष देविराम देवकोटा, जिल्ला शाखा अध्यक्ष लक्ष्मण केसीले सक्रिय पत्रकारिता क्षेत्र मार्फत सामाजिक रुपान्तरणको क्षेत्रमा योगदान दिएको भन्दै उहाँलाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गर्नुभएको हो ।

साधारण सभामा महासंघका सस्थापकहरु, महत्वपूर्ण योगदान दिने साधारण सदस्यहरु, सहयोग गर्ने विभिन्न निकायहरु, जिल्लामा निरन्तर क्रियाशिल सञ्चार माध्यामहरुलाई समेत कदरपत्रद्वारा सम्मान गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार