कर्णाली : माओवादीमा राजकुमार शर्मा र एमालेमा कँडेल संसदीय दलको नेतामा चयन

कर्णाली : माओवादीमा राजकुमार शर्मा र एमालेमा कँडेल संसदीय दलको नेतामा चयन

कर्णाली प्रदेश सभामा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेले बुधबार संसदीय दलको नेता चयन गरेका छन्।

बुधबार बैठकबाट दुवै दलले सर्वसम्मत दलको नेता चयन गरेका हुन्।

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा निर्वाचित हुुनुभएको छ । माओवादीभित्र दलको नेताका लागि चार जना दाबेदार थिए।

कालीकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट, कृष्ण जिसी र रूकुम पश्चिमका राजकुमार शर्मामध्ये दलले शर्मालाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

शर्मा रूकुम पश्चिम ९ख० बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ यसअघि माओवादी केन्द्रको प्रदेश अध्यक्ष हुनुहुथ्यो ।
शर्मा ०७४ को स्थानीय तह निर्वाचनपछि गठन भएको जिल्ला समन्वय समिति रूकुम पश्चिमको प्रमुख भएका समेत काम गर्नुभएको छ ।

यस्तै, नेकपा एमालेले यामलाल कँडेललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको छ।

बुधबार बसेको प्रदेश कमिटीको बैठकले स्थायी कमिटी सदस्यसमेत रहेका कँडेललाई सर्वसम्मत रूपमा दलको नेता गरेको हो। उहाँको प्रस्तावकमा दैलेखका विनोद कुमार शाह र समर्थकमा जुम्लाका टेकराज पछाई रहनुभएको छ ।

कँडेलका प्रस्तावक रहेका शाह पनि दलको नेताका लागि दाबेदार हुनुहुन्थ्यो। सहमतिका क्रममा उहाँ पछि हटनु भएको हो । पूर्व पर्यटनमन्त्री समेत रहनुभएका कँडेल २०७४ मा पनि प्रदेश सभा दलको नेता हुनुभएको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार