३० लाख डोज फाइजर खोप नेपाल ल्याइँदै, चौथो डोज दिने तयारी

३० लाख डोज फाइजर खोप नेपाल ल्याइँदै, चौथो डोज दिने तयारी

फाईल तस्बीर

सरकारले कोभिड–१९ विरुद्धको बुस्टर डोज दिनका लागि ३० लाख डोज फाइजर खोप ल्याउने तयारी गरेको छ ।

कोभ्याक्स सुविधामार्फत ३० लाख डोज खोप दुई साताभित्र ल्याउने तयारी भएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । अल्ट्रा कोल्डचेनको क्षमतालाई हेरेर अहिलेलाई ३० लाख डोज ल्याउन लागिएको र थप खोप निरन्तर ल्याइने चौरसियाले बताए ।

योसँगै सरकारले चौथो डोज खोप दिने तयारी गरेको छ, यसलाई ‘दोस्रो बुस्टर मात्रा’ भनिएको छ । परिवार कल्याण महाशाखाअन्तरगत खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षमुनिका पहिलो बुस्टर डोज लगाएका नागरिकलाई सो खोप दिइनेछ ।

दोस्रो बुस्टर मात्रा दिनका लागि हाललाई ६ वटा समूह छुट्टयाइएको छ । त्यसमा ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोग प्रतिरोध क्षमता कम र धेरै कम भएका बिरामीहरू, दीर्घरोग भएका बिरामीहरू, गर्भवती र स्वास्थ्यकर्मीहरू रहेका छन् । दोस्रो बुस्टर मात्राका लागि जनवरी अन्तिममा फाइजर खोप आइपुग्ने दाहालले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार