दाङमा पहिलो पटक भित्रियो ‘एयर सस्पेन्सन’ बस

दाङमा पहिलो पटक भित्रियो ‘एयर सस्पेन्सन’ बस

दाङमा पहिलो पटक ‘एयर सस्पेन्सन एसी’ बस भित्रिएको छ। राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिले पहिलो पटक बस भित्र्याएको हो।

२०४१ सालमा स्थापना भएको साविक राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले मंगलबार पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो।

प्रालिका अध्यक्ष सुरेश हमालले यात्रुको सुविधालाई मध्यनजर गर्दै एउटाको ८० लाख बढी मूल्यका चार वटा बस भित्र्याइएको बताउनुभयो ।

‘यात्रुको आरामदायी यात्राको लागि हामी निरन्तर पर्यन्तशील छौं,’ उहाँले भन्नुभयो, ‘ ब्लु स्काइ, सेभन स्टारपछि हामीले स्लिपर एसी बस भित्र्याएका हौं।’

उहाँका अनुसार बिहीबारदेखि नै नयाँ बसहरू दाङ–काठमाडौंका लागि छुट्ने छन्। ४० सिटे बसमा ३२ जना बसेर र ८ जना सुतेर यात्रा गर्न मिल्ने प्रालिले जनाएको छ।

सुतेर यात्रा गर्न मिल्ने सिटको भाडा दुई हजार रुपैयाँ र बसेर यात्रा गर्न मिल्ने सिटको भाडा एक हजार आठ सय निर्धारण गरिएको छ । सुतेर यात्रा गर्न मिल्ने सिटहरू अन्तिममा राखिएका छन्। एउटा क्याबिनमा दुई जना यात्रु सुतेर वा बसेर यात्रा गर्न मिल्ने सुविधा छ।

भारतको दिल्लीबाट ल्याइएका एउटा बसको मूल्य ८० लाख बढी परेको व्यवसायीहरूले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार