त्रिवेणी गाउँपालिकाको ८ औँ गाउँसभा सम्पन्न

त्रिवेणी गाउँपालिकाको ८ औँ गाउँसभा सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको ८ औँ गाउँसभा सम्पन्न भएको छ । आईतबार संशोधित आर्थिक ऐन २०७९ तथा संशोधित शिक्षा ऐन २०७९ पास गर्दै गाउँसभा सम्पन्न भएको हो ।

गाउँपालिका उपाध्यक्ष एवं राजश्व परामर्श समितिका संयोजक राजकुमारी रेउले पेश गर्नुभएको संशोधित आर्थिक ऐन २०७९ सभाले पास गरेको छ । रेउले पेस गरेको संशोधित ऐनमा राजस्व सम्बन्धि हेरफेर गरिएको छ । संशोधित ऐन अनुसार कपडा पेल्ने ट्रेक्टर घुम्ती व्यवसाय, खोटो, कवाडी समान, पर्यटन शुल्क लगायतको राजस्व शुल्कको व्यवस्था गरेको छ ।

त्यस्तै, त्रिवेणीको शिक्षा ऐन संशोधन २०७९ पास भएको छ । समाजिक विकास समिति संयोजक रन बहादुर पुनले पेस गरेको संशोधित ऐनमा नयाँ बिद्यालय खोल्ने अनुमति दिने, विद्यालय व्यवस्थापन समितिको पदाधिकारीको छनौट सम्बन्धि व्यवस्था, प्रधानाध्यापक सम्बन्धि व्यवस्था लगायतका विषय ऐनमा समावेश भएका छन ।

यस्तै, गाउँसभाले विभिन्न प्रस्तावहरु पनि पास गरेको छ । आर्थिक विकास समिति संयोजक भद्र सिर्पालीले पेस गरेको ६ वटा योजनाको रकम रकमान्तर गरेर अन्य ६ योजना निर्माण गर्ने प्रस्ताव पास भएको छ ।

त्यसैगरी , २०७८/०७९ को बेरुजु फर्छयौट गर्ने प्रस्ताव पास भएको छ । लेखा समिति संयोजक सुन्दर वली ३ करोड १२ लाख को बेरुजु फछर्यौट गर्न महालेखामा दाखिला गर्ने प्रस्ताव पास गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७९/०८० अर्धबार्षिक प्रगति विवरण अनुसार चालु खर्च ३१ प्रतिशत र पुजीगत खर्च १३ प्रतिशत भएको उल्लेख गरिएको छ । अर्धवार्षिक अवस्थामा ३३ लाख ४३ हजार २०७ रुपैया राजस्व संकलन गरेको छ भने ७५ वटा टुक्रे योजनामध्ये ६७ वटा सम्झौता भएको उल्लेख गरिएको छ ।

गाउँसभामा कर्णाली प्रदेशसभा सदस्यहरु महेन्द्र केसी, मिलन खडका, कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा लगायतको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार