२२८ जना विद्यार्थीको निःशुल्क आँखा जाँच

२२८ जना विद्यार्थीको निःशुल्क आँखा जाँच

मुसिकोट । रुकुम पश्चिमको यमुना नन्द नमुना माविमा अध्यनरत विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगाको त्रिवेणी चोकमा सञ्चालनमा रहेको आँखा स्वास्थ्य सेवा तथा चश्मा घरको सहयोगमा २२८ जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको हो ।

दृष्टि विशेषज्ञ मन्दिप गौतम र नेत्र सहायक पुष्पा पोख्रेललेको टिमले प्रारम्भिक बालविकास देखि कक्षा १२ सम्मका छात्र छात्राहरुका आँखा चेकजाँच र परामर्श दिएको छ ।

दृष्टि विशेषज्ञ मन्दिप गौतमका अनुसार ४२ जना विद्यार्थीमा नजिकको दृष्टि दोषको समस्या देखिएको छ । उहाँका अनुसार १० जनाको आँखा टेढो रहेको, १२ जनामा एलर्जी र १ जनामा आँखा सुख्खा हुने समस्या भेटिएको हो ।

यस्तै आँखा जाँचको क्रममा समस्या देखिएका विद्यार्थीलाई आवश्यकता अनुसार चश्मा र औषधी नि:शुल्क उपलब्ध गराइएको छ ।

आँखाजस्तो संवेदनशील अंगको निःशुल्क चेकजाँच गरी सहयोग गरेकामा आँखा स्वास्थ्य सेवा तथा चस्मा घरलाई विद्यालयका प्रधानाध्यापक दामोदर पौडेलले धन्यवाद दिनुका साथै विशेषज्ञ टोलीलाई प्रशंसा पत्र प्रदान गर्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार