हिरा डाँगी स्मृति कप फुटबलमा जारी, सेमिफाईनलमा एसएसएफए र टरिगाउ भिड्दै

हिरा डाँगी स्मृति कप फुटबलमा जारी, सेमिफाईनलमा एसएसएफए र टरिगाउ भिड्दै

दाङ तुलसिपुर अरनिको मैदानमा जारी सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ मा सनिवार देखि सेमिफाइनल खेल हुने भएका छन् ।

हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेलमा एसएसएफए र टरिगाउँ युवा क्लब भिड्दैछन् । खेल दिउँसो ३ बजेपछी हुनेछ ।

दुबै टिममा सशक्त र शानदार प्रदर्शन गर्ने खेलाडीको वर्जश्व भएकाले खेल रोमाञ्चक र कडा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएकोछ ।यसैबिच आज सम्पन्न क्वाटर फाईनल खेलमा स्वतन्त्र फुटबल क्लब सल्यान लाई दुई शून्य गोलले पराजित गर्दै ईन्डिया लखनउको सहारा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेकोछ । दोस्रो सेमिफाइनलमा ज्ञानज्योती ईनोभेटिभ तुलसिपुर र सहारा फुटबल क्लब भिड्नेछन् ।

खेल आईतवार दिउँसो ३ बजे हुनेछ । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन ।

त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएकोछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार