मुसिकोट । रुकुम पूर्वकी लक्ष्मी रामाजालीले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ ।
चितवन तेक्वान्दो डोजाङको आयोजनामा कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालित प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा लक्ष्मीले स्वर्ण पदक जित्नुभएको हो ।
उत्तरगंगा तेक्वान्दो डोजाङको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी लक्ष्मीले जिल्ला हुँदै लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भएर अन्तर्राष्ट्रिय प्रतियोगितामा स्थान बनाउनुभएको थियो ।
उहाँले ग्यारोगी विधाअन्तर्गत ४२ केजीमुनि तौल समूहको फाइनलमा बागमती प्रदेशकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जित्नुभएको उत्तरगंगा तेक्वान्दो डोजाङका प्रमुख बसम मल्लले जानकारी दिनुभएको हो।
प्रतियोगितामा नेपालका सातै प्रदेश तथा आयोजक टोलीसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायत देशका खेलाडी तथा टोलीको सहभागिता रहेको थियो।

