मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलामा डबल क्याप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सोमबार मध्यपहाडी लोकमार्गअन्तर्गत खारखोला सडकखण्डमा दुर्घटना भएको हो। दुर्घटनामा सानीभेरी गाउँपालिका–३ का २७ वर्षीय काशीराम विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलका अनुसार खलंगाबाट सिम्ली आउँदै गरेको लु.प्र.०१–००१ ज ६४० नम्बरको डबल क्याप गाडी र विपरीत दिशाबाट जाँदै गरेको रा.४ प १५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय गोविन्द विक घाइते भएका छन्। उनको दुवै खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र डबल क्याप चालक महेश भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएकोप्रहरीलेजनाएको छ ।

